समाचार

    नवलपुरमा बाघको आक्रमणबाट एक महिला घाईते

    नवलपुर टुडे
    २०८० साउन २९ | मध्यान्ह ०२:०४ बजे

      नवलपुर, साउन २९ । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जंगलमा घाँस काट्न गएकी बिनयी त्रिबेणी गाउँपालिका – १ सिसेनीका ४० वर्षीय पिथिमा दर्लामीलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।

      भेडा बन उपभोक्ता समितिको सामुदायीक वनमा घाँस काट्ने क्रममा उनलाई पछाडिबाट पाटे बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट पिथिमाको खुट्टा र हातमा चोट लागेको प्रहरी जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।

      प्रहरीका अनुसार उनलाई जिल्ला अस्पताल डण्डामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला सरकारी अस्पताल चितवन पठाइएको छ ।

        कमेन्टहरु