कर्णाली प्रदेश

    नारायणीको जल सतह अझै सतर्कता तहमाथि

    नवलपुर टुडे
    २०८० साउन २९ | बिहान ०७:०४ बजे
    फाइल तस्बिर।

      भरतपुर । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ। जल तथा मौसम विभागका अनुसार साेमबार बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ।

      आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ।

      देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो।

      चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ।

      नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ।रासस

        कमेन्टहरु