सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते

नवलपुर टुडे
२०८० साउन २८ | मध्यान्ह ०२:०४ बजे

सोलुखुम्बु, साउन २८ । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।
भालुको आक्रमणबाट सोलुदुधकुण्ड नगरपालिका – ४ खोलाघारीका अन्दाजी ५१ वर्षीय निमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आज आइतबार बिहान अन्दाजी १० बजे गोठ जाने क्रममा भालुले आक्रमण गरी घाइते बनाएको हो ।
भालुको आक्रमणबाट टाउको, अनुहार, घाँटी र खुट्टामा चोट लागेका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।





