समाचार

    पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य डस्टबिन राख्नुपर्ने

    नवलपुर टुडे
    २०८० साउन २८ | मध्यान्ह ०१:०४ बजे

      नवलपुर, साउन २८ । पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा डस्टबिन राख्नुपर्ने भएको छ । नवलपुरमा स्वच्छ सडक अभियानअन्तर्गत ट्राफिक प्रहरीले सवारी साधनमा फोहोर फाल्नको लागि डस्टबिन राख्नुपर्ने अभियान चलाएको हो ।

      यो अभियानअर्न्तगत नारायणगढदेखि डन्डासम्म सञ्चालन हुने छोटो दुरीका ५० वटा बसका चालकलाई डस्टबिन प्रदान गर्दै यसको औपचारिक रुपमा सुरुआत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए । जिल्लाभर सञ्चालन हुने सवारीमा अनिवार्य डस्टबिन राख्न प्रहरीले आग्रह गरेको छ ।

      किसान कृषि सहकारी संस्था र मोटोरोल कम्पनीको सहयोगमा संचालन गरिएको यो अभियानलाई निरन्तरता दिन चालक र यात्रुलाई सचेतना प्रदान गरिएको छ । सार्वजनिक बसमा सवार यात्रुले बसमा डस्टबिन नहुँदा सडकमा नै फोहोर फाल्ने प्रवृत्तिको कारण सडक कुरुप देखिएको भन्दै यस्तो अभियान सञ्चालन गरिएको हो ।

        कमेन्टहरु