अपराध

    दाङमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    नवलपुर टुडे
    २०८० साउन २७ | मध्यान्ह ०५:०४ बजे

      दाङ, साउन २७ । दाङमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

      गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु