लमजुङमा जीप दुर्घटना हुँदा नौ जना घाइते

नवलपुर टुडे
२०८० साउन २७ | मध्यान्ह ०२:०४ बजे

लमजुङ, साउन २७ । लमजुङमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शनिवार बिहान पौने ११ बजे जिल्लाको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना भएको हो ।
राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।
प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइतेमध्ये चालक सुन्दरबजार नगरपालिका–९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । घाइते गुरुङको दायाँ हातमा चोट लागेको छ । बाँकी ८ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
घाइतेहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय भोटेओडार अस्पतालमा लगिएको थियो ।





