अपराध

    सिन्धुलीबाट १३४ केजी गाँजासहित २ युवक पक्राउ

    नवलपुर टुडे
    २०८० साउन २७ | मध्यान्ह ०२:०४ बजे

      सिन्धुली, साउन २७ । सिन्धुलीमा गाँजासहित २ युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमानले शनिबार १३४ केजी गाँजासहित २ युवकलाई पक्राउ गरेको हो । 

      पक्राउ पर्नेमा गाडी चालक रौतहट राजदेवी नगरपालिका – ७ बस्ने २२ वर्षीय विकासप्रसाद यादव र सोही गाडीका यात्रु रौतहट गौरनगरपालिका – ५ बस्ने २४ वर्षीय अभयकुमार गुप्ता रहेका छन् ।

      काठमाण्डौंबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको विआर ०६ पिए ६१६४ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा लुकाएर ल्याइएको गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

      पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु