अर्थ

    सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता

    नवलपुर टुडे
    २०८० साउन २७ | बिहान १०:०४ बजे

      काठमाडौं, साउन २७ । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो । 

      पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि सिम्रिक एअरका सबै उडान अनिश्चितकालका लागि रोक लगाएको थियो ।

      सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको थियो । शुक्रबार प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएसँगै अब दुई लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

      पूरै बक्यौता चुक्ता नभएकाले रोकेको उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

        कमेन्टहरु