बौधीमाई नगरपालिकाद्वारा कृषि मिटर महशुल निशुल्क

नवलपुर टुडे
२०८० साउन २७ | बिहान ०९:०४ बजे

दिपेश कुमार शाह
रौतहट, साउन २७ । रौतहटको बौधीमाई नगरपालिका वडा नं. १ देखी ९ सम्म कृषि मिटर महशुल निशूल्क जडान गरिएको छ ।
महशुल शतप्रतिशत नगपालिकाले व्यहोर्ने नगर प्रमुख प्रदीप कुमार यादवले बताए । कृषि मिटर निशुल्क जडाण गरेपछि नगरबासीहरुको मुहारमा खुशीयाली छाएको उनले बताए ।
अषाढ मसान्तसम्मको पुरानो महशुल फर्छौट गरि बौधीमाइ नगरपालिकाले श्रावण महिनादेखिको कृषि मिटरको बिल भुक्तानी गर्ने नगर प्रमुख यादवले नवलपुर टुडेलाई जानकारी दिए ।
सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेपछि मिटरको हरेक कामहरु गर्ने र कृषि विकास शाखामा सम्पर्क गरि बुझाईने नगर प्रमुख यादवले बताए ।






