कोशी प्रदेश

    कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जसपाकी निर्मला लिम्बू नियुक्त

    नवलपुर टुडे
    २०८० साउन २६ | मध्यान्ह ०५:०४ बजे

      विराटनगर, साउन २६ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बू नियुक्त भएकी छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार पद तथा गोपनिय्ताको सपथ खुवाएका छन् ।

      सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनी साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भइसकेको प्रदेशमा आज जसपा पनि सामेल भएको हो ।

      मुख्यमन्त्री थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताएकी थिइन् ।

      जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन् । केन्द्रमा जसपाले एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन् ।

        कमेन्टहरु