सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा रोक

नवलपुर टुडे
२०८० साउन २६ | बिहान ०७:०४ बजे

काठमाडौं, साउन २६ । सिम्रिक एयरको हेलिकप्टरलाई आजदेखि उडान रोक लगाएको छ । बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो ।
प्राधिकरणका अनुसार, सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ । बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ ।





