देश

    उडानपूर्व आँखा रातो हुने लक्षण देखिएमा स्वास्थ्य रिपोर्ट पेश गर्न निगम अनुरोध

    नवलपुर टुडे
    २०८० साउन २६ | बिहान ०६:०४ बजे

      काठमाडौँ । नेपाल वायु सेवा निगमले आँखा रातो हुने (पाक्ने) रोगबाट सतर्क रहन यात्रुहरुलाई अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी निगमले यात्रुहरुलाई सो आग्रह गरेको हो । निगमले कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने (पाक्ने) लक्षण देखापरेमा आधिकारिक चिकित्सकीय निकायबाट सो रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चिता गर्ने प्रमाण पेश गर्न समेत अनुरोध गरेको छ । 

      सूचनामा भनिएको छ, ‘यदि कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने जस्ता लक्षण देखा परेका छन् भने आधिकारिक चिकित्सकीय निकायबाट त्यस्तो लक्षण ‘आँखा रातो हुने’ रोगको नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चितता प्रमाण पत्र पेश गर्न अनुरोध गरिन्छ ।’पछिल्ला दिन देशका अधिकांश स्थानमा आँखा रातो हुने (पाक्ने) रोग फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।    

       

       
       

        कमेन्टहरु