सर्लाहीमा काटिएको अवस्थामा भेटियो एक पुरुषको टाउको

नवलपुर टुडे
२०८० साउन २५ | मध्यान्ह १२:०४ बजे

सर्लाही, साउन २५ । सर्लाहीमा काटिएको अवस्थामा एक पुरुषको टाउको फेला परेको छ । बिहीवार बिहान हरिवन नगरपालिका–४, पूर्व पश्चिम राजमार्ग स्थित लखन्देही पुल मुनी खोला किनारमा पुरुषको टाउको फेला परेको हो ।
शरिरबाट छुट्याईएको अवस्थामा फेला परेको टाउकोको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । टाउको फेला परे लगत्तै प्रहरीले शरीरको खोजी गरिरहेको तथा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सुचना अधिकारी एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।
फेला परेको टाउकोको प्रकृती हेर्दा भर्खरै हत्या गरेर फालिएको जस्तो देखिएको प्रहरीको भनाइ छ । व्यक्तिको टाउको सोही ठाउँमा हत्यापछि काटेर फालिएको हो वा अन्यत्रबाट खोलाले बगाएर ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





