छोरीलाई विष खुवाएर मारेको आरोपमा बाबु पक्राउ

नवलपुर टुडे
२०८० साउन २४ | मध्यान्ह ०६:०४ बजे

विराटनगर, साउन २४ । सुनसरीमा विष खुवाएर आफ्नै छोरीलाई मारेको आरोपमा बाबु पक्राउ परेका छन् । सुनसरीको बर्जू गाउँपालिका – २ का अर्जुन कामतलाई प्रहरीले आफ्नै छोरीलाई जबरजस्ती विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईका अनुसार उनले २० वर्षीय छोरी राधिका कामतलाई जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।
मादक पदार्थ सेवन गरी बाबु अर्जुनले छोरीलाई घर नआएर बाहिरै बसेको भन्दै तरकारीमा हाल्ने बीस खुवाएको प्रहरीले जनाएको छ ।





