डोटीमा जंगली च्याउ खाँदा १२ जना बिरामी

नवलपुर टुडे
२०८० साउन २४ | मध्यान्ह ०४:०४ बजे

धनगढी, साउन २४ । डोटीमा जंगली च्याउ खाँदा १२ जना बिरामी भएका छन् । जिल्लाको आदर्श गाउँपालिका–२ कारनेस्थित दिपायल–मेल्लेख सडक खण्डमा काम गर्ने १२ जना कामदारहरू बिरामी परेका हुन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ बस्ने वर्ष ५५ को दिल बहादुर राजी सहितका १२ जना कामदारहरूले मंगलबार दिउँसोको खानासँगै पकाएको जंगली च्याउ खाएका थिए । उक्त च्याउ खाएपछि उनीहरू बिरामी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय मौवा स्वास्थ्य चौकी डोटीमा पठाइएको छ ।





