राजनीति

    सुन काण्डमा माओवादीकै नेता दोषी देखिए पनि छाडिन्न: गृहमन्त्री

    नवलपुर टुडे
    २०८० साउन २४ | बिहान ०६:०४ बजे
    ???? ????????????? ?????? ???? ????? ???????? ????? ?????????????? ?????? ?????????? ?????? ?????????? ???? ????? ???????? ??? ?????????? ?????????? ???????? ?????? ? ???? ???????/????

      काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछाड्ने  बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहको र दोषी देखिए माओवादी वा जुनसुकै दललाई पनि नछाड्ने अठोट गरे ।

      “को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानुलनाई लागु गर्न दिन्छौँ,” श्रेष्ठले भने, “अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान तथ्य प्रमाणले दोषी प्रमाण देखाउँछ भने कोही छुट्ने छैन । कोही उम्कन पाउँदैन । दृढतापूर्वक भन्न चाहान्छु ।”

      उनले प्रश्न उठाउने एमाले सांसदहरूले सीआईबीलाई विश्वास नगरेको भन्दै पहिला सरकार चलाउँदा पनि यस्तै हुन्थ्यो भन्दै प्रश्न गरे । “भेपको फाइलन त गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो । मेरो एकदम अनन्य मित्रले भन्नुभयो । पहिला पहिला सरकार चलाउँदा त्यसो गिरिन्थ्यो र भन्या । सीआईबीले गरेको अनुसन्धान पहिला मेरो टेबलमा ल्याइज अनि अनुसन्धान गर भन्ने चलन थियो र भन्या ?,” उनले भने ।

        कमेन्टहरु