धर्म–संस्कृति/रीतिथिति

    नेपालको संस्कृति विश्वमा चिनाउनु पर्दछ : कांग्रेस सभापति देउवा

    नवलपुर टुडे
    २०८० साउन २३ | मध्यान्ह ०७:०४ बजे
    २९ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतान्त्रिकका आदिवासी जनजाति महासंघद्वारा मंगलबार राजधानीमा नगर परिक्रमा गरिँदै ।

      काठमाडौं, साउन २३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विविध सांस्कृतिक पहिचान विश्वमा चिनाउने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले २९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

      सभापति देउवाले भन्नुभयो, “नेपाल हर किसिमबाट सुन्दर छ भनेर बुझाउन सक्दछौँ । देशभरि नै कतिलाई थाहा छैन । मेचीदेखि महाकाली, मधेशदेखि हिमालसम्म नेपाललाई चिनाउन सक्यौँ भने नेपालीले पनि विश्वलाई आफ्नो भन्ने किसिमबाट अघि बढाउन सक्नुपर्दछ ।” उहाँले नेपाल प्राकृतिक रूपमा मात्र नभई भाषाभाषी, संस्कृति सबै किसिमबाट कसैभन्दा कम नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक रूपमा मात्र होइन, विभिन्न भाषाभाषी, संस्कृति कसैभन्दा कम छैन । अत्यन्तै सुन्दर मात्रै होइन अन्यन्त सौन्दर्यपूर्ण प्रस्तुति हेर्न पाएँ । यसकारण नेपालको संस्कृति र सम्पदालाई अगाडि बढाएर बहुसांस्कृतिक देश नेपाललाई पूर्ण रूपमा बनाउन सकिन्छ । विकास गर्न सकिन्छ ।”

      उहाँले देश, राष्ट्रिय राजनीति र पार्टी समावेशी हुँदै गएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “हामीले पार्टीमा पनि समावेशी प्रणाली अपनाएका छौँ । पार्टी समावेशी हुँदै गएको छ । देश समावेशी हुँदैछ । राष्ट्रिय राजनीति पनि । यो सबैको देश हो, सबैको पार्टी हो । भाइबहिनीको सुन्दर नृत्यु र गीत हेरेपछि नेपालमा के छैन जस्तो लाग्यो । भोलि आदिवासी जनजाति दिवस छ । सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

      यसअघि २९ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतान्त्रिकका आदिवासी जनजाति महासङ्घद्वारा मंगलबार राजधानीमा आ–आफ्नो मौलिक भेषभूषामा नगर परिक्रमा गरिएको थियो । 

      lok 3f 1

       

        कमेन्टहरु