नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

नवलपुर टुडे
२०८० साउन २३ | मध्यान्ह ०४:०४ बजे

भरतपुर, साउन २३ । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।
यस सडक खण्डमा पटक–पटक पहिरो खस्दा घण्टौँसम्म यात्रु जाममा परेर सास्ती भोग्नु परेको छ ।





