समाचार

    राेल्पाकाे त्रिवेणीमा बस दुर्घटना : २ जनाकाे मृत्यु, ७ जना गम्भीर घाइते

    नवलपुर टुडे
    २०८० साउन २३ | मध्यान्ह ०२:०४ बजे

      रोल्पा, साउन २३ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

      रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरूकाे उद्धार भइरहेकाे राेल्पा प्रहरीले जनाएकाे छ । 

      केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

        कमेन्टहरु