सडक भासिँदा पृथ्वीराजमार्ग एकतर्फी मात्र सञ्चालन

नवलपुर टुडे
२०८० साउन २३ | मध्यान्ह ०१:०४ बजे

तनहुँ, साउन २३ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक सडक भासिँदा एकतर्फी मात्रै सडक सञ्चालन भएको छ ।
मङ्गलबार दिउँसो सडक भासिँएर अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारी साधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।





