देश

    विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    नवलपुर टुडे
    २०८० साउन २३ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौं, साउन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

      मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

      वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन् ।

        कमेन्टहरु