देश

    आज मात्र २०३ संक्रमणको मृत्यु, ८ हजार ५२० नयाँ संक्रमित थप्यो

    नवलपुर टुडे
    २०७८ बैशाख ३१ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

      २४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा अहिले १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन्।

      मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा कोरोनालाई जितेका छन् । योसँगै नेपालमा निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

        कमेन्टहरु