अपराध, गण्डकी प्रदेश

    बागलुङमा नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ

    नवलपुर टुडे
    २०८० साउन २२ | बिहान ०९:०४ बजे

      बागलुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-४ बडाचौरका विरु विक र श्रीमती सबिना विक रहेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

      बिहीबार राती श्रीमान श्रीमतीबीच विवाद हुँदा दुई महिनाको नाबालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुँईमा बझारिएर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक केसीले बताए । उनले घटनाको जानकारीपछि हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए । 

      प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षककेसीले बताए ।

        कमेन्टहरु