देश

    आज नागढुंगा सुरुङको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ हुने

    नवलपुर टुडे
    २०८० साउन २२ | बिहान ०७:०४ बजे

      काठमाडौं, साउन २२ । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज (सोमबार) ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यू टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

      २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम आज सम्पन्न गरी आज ‘ब्रेक थ्रु’ गरिने छ । आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सो ‘ब्रेक थु’ गरिने छ ।

      मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

        कमेन्टहरु