धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

    ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

    नवलपुर टुडे
    २०८० साउन २२ | बिहान ०७:०४ बजे

      काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको छ ।

      मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् ।

      माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ल्हारक्याल लामा वैदेशिक रोजगारमा ठगी, दोहोरो नागरिकता, अकूत सम्पत्ति आर्जन लगायत अभियोगमा पटकपटक पक्राउ परिसकेका व्यक्ति हुन्। उनी कोषको उपाध्यक्ष बन्न निकै अघिदेखि प्रयासरत थिए।

      लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको बताइएको छ।

       

        कमेन्टहरु