आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि भरतपुर महानगर भित्रका विद्यालयहरु पाँच दिन बन्द

नवलपुर टुडे
२०८० साउन २१ | मध्यान्ह ०५:०४ बजे

चितवन, साउन २१ । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाका विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ ।
भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको जानकारी दिएको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।
विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ ।






