समाचार

    सल्यानमा घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

    नवलपुर टुडे
    २०८० साउन २१ | मध्यान्ह ०२:०४ बजे

      सल्यान, साउन २१ । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका-१४ माल्नेटामा स्थानीय ४५ वर्षीया उर्मिला गिरीको शव फेला परेको हो ।

      जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । बिहान १० बजेसम्म घर नफर्केपछि श्रीमान् खडगबहादुर गिरी खोज्दै जाँदा बारीको ढिकमा मृत अवस्थामा फेला पारेका थिए ।

      घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको जस्तै देखिए पनि तत्काल केही भन्न नसकिने उनले बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक गोपाल श्रेष्ठको नेतृत्वमा र ढोडचौर चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेका छन् ।

      घटनास्थल चारैतिरबाट सुरक्षित गरी घटनाको अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु