देश

    अबदेखि प्रहरी रिपोर्ट अनलाइन मार्फत प्रमाणीकरण गर्न सकिने

    नवलपुर टुडे
    २०८० साउन २१ | मध्यान्ह १२:०४ बजे

      काठमाडौं, साउन २१ल । आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गरेका हुन् । 

      अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाडौं आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

      कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ ।

        कमेन्टहरु