देश

    पार्टी एक ढिक्का भयो भन्ने महसुस भएको छ : दाहाल

    नवलपुर टुडे
    २०८० साउन २० | मध्यान्ह ०८:०४ बजे

      काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एक ढिक्का भएको बताएका छन्।

      काठमाडौंमा भइरहेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै शनिबार उनले पार्टी अब एक ढिक्का भयो भन्ने महसुस भएको बताए।माओवादी बैठक वाद, विवाद र सम्बाद हुँदै टुंगिन लागेको उनको भनाइ छ। ‘हामीले लोकतन्त्रको भने पनि जनवादको भने पनि धेरै ठूलो र सर्वोच्च अभ्यास गर्‍यौं। पार्टी अब एक ढिक्का भयो भन्ने सबैलाई महसुस भएको छ। वाद विवाद र सम्बादमा यो बैठक टुंगिदैछ,’ उनले भने।

      बैठकको चौथो दिन आज ७४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। उनका अनुसार सबैले अध्यक्ष दाहालको राजनीतिक प्रस्तावमा समर्थन जनाएका थिए। त्यस्तै मा‌ओवादी नेतृ रेखा शर्माले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन्। उनले सरकार सञ्चालनका विषयमा सबै जनाले धन्यवाद दिएको र पार्टी निर्माणमा ठोस अवधारणा ल्याउन सुझाव दिएको बताइन्। 

      अर्को बैठक भोलि (आइतबार) १ बजेका लागि बोलाइएको छ। भोलिको बैठकले ठोस र मूर्त कार्ययोजना ल्याउने उनको भनाइ थियो। 

        कमेन्टहरु