समाज

    डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका १६ वटा सिँढी तोडफोड

    नवलपुर टुडे
    २०८० साउन २० | बिहान ११:०४ बजे

      डाेल्पा, साउन २० । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी तोफफोड भएको हो ।

      विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए । सिँढी किन र कसले फुटायो भन्ने कुरा पत्ता नलागेकोले अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उनको भनाई छ ।

      यसअघि पनि यो मन्दिरका सिँढी तोडफोड भएका थिए । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजन पुग्ने गरेका छन् ।

        कमेन्टहरु