दाजुकाे अस्तु सेलाउन देवघाट गएका लाेकेन्द्र कालीगण्डकीमा बगेर बेपत्ता

नवलपुर टुडे
२०८० साउन १९ | मध्यान्ह १२:०४ बजे

बुटवल, साउन १९ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।
भुसाल बिहीबार दाजु रेमन्तकाे अस्तु सेलाउन देवघाटमा गएका थिए । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका उनलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
उनकाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।





