सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

नवलपुर टुडे
२०८० साउन १९ | बिहान १०:०४ बजे

काठमाडौं, साउन १९ । सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा बुवा र श्रीमानको जिम्मामा रिहा गरिएको हो । उनलाई सुन प्रकरणमा असंलग्न भनेर होइन ताकी उपचार प्रयोजनार्थ रिहा गरिएको अधिकारीले स्पष्ट पारे ।
घाँटीमा क्यान्सर देखिएकोले सुब्बा उपचाररत छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको हो । उनी भन्सार एजेन्ट हुन् ।





