समाचार

    सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट (तस्बिर)

    नवलपुर टुडे
    २०८० साउन १९ | बिहान ०९:०४ बजे

      काठमाडौँ । सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। 

      reema kp oli lFlM6Tkbuc

      भक्तपुरको बालकोटस्थित ओलीकै निवास पुगेर विश्वकर्माले उनीसँग भेटघाट गरेकी हुन्।

      kp reema dDmWjVNhwT

      कलाकार विश्वकर्माले केपी ओलीसँगका तस्बिर सामाजिक सञ्जालमा १२ घण्टाअघि पोस्ट गरेकाले यो भेटघाट बिहीबारतिरकै हुनुपर्छ। 

      उनले आफू ओलीको व्यवहार र व्यक्तित्वबाट प्रभावित भएको उल्लेख गरेकी छन्। 

      ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ’, विश्वकर्माले लेखेकी छन्, ‘नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’चौँ वास्तवमै प्रभावशाली लाग्यो।’

      प्रशंसा गर्दै उनी अगाडि लेख्छिन्, ‘परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसात् गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला!’ 

      थप तस्बिर

       

      reema kp 1 2yMkpOwdAF

       

       

      kp reema 2 AMrX3vG92v

       

       

        कमेन्टहरु