देश

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र युनिसेफको नेपाल प्रतिनिधिबीच शिष्टाचार भेटवार्ता

    नवलपुर टुडे
    २०८० साउन १८ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौँ, साउन १८ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रय संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

      युनिसेफको नेपाल प्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार सिंहदरबारस्थि आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग भेटवार्ता गरेकी हुन् । उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी तथा वातावरण, शिक्षा लगायत क्षेत्रमा काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताए । 

      सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौँमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो । केन्याकी नागरिक अकुंगासँग केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तानलगायतका देशमा बालबालिकाको क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । 

        कमेन्टहरु