नारायणी नदीमा हाम फालेर एक महिलाको मृत्यु

नवलपुर टुडे
२०८० साउन १८ | बिहान ०९:०४ बजे

चितवन, साउन १८ । नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान करिब ७ः४० बजेको समयमा प्रहरीले भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदिमा हाम फालेकी अन्दाजी ४५ वर्षीय महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको थियो ।
महिलाको बिहान ८ः३६ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ती महिलाको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ ।





