गण्डकी प्रदेश, तस्कर

    भन्सार छली ल्याएको सय किलो रुद्राक्षसहितको सामान कावासोतीमा बरामद

    नवलपुर टुडे
    २०८० साउन १७ | मध्यान्ह ०८:०४ बजे
    फाइल तस्बिर

      नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा एक सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

      पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गअर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय १० थान, मोटरसाइकलको भाइजर १४ थान, ल्यापटपको ब्याट्री, कफी, पान मसलालगायत सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलले बताए ।

      नियन्त्रणमा लिएको सामानलाई त्रिवेणी भन्सार कार्यालय पठाउने तयारी छ । भारतीय सीमावर्ती नाकामा १ सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार लाग्ने भएपछि भारतमा किनमेल गर्न जाने सर्वसाधारण घटेका छन् ।

        कमेन्टहरु