अपराध

    काठमाडौको बौद्ध र जोरपाटीबाट गुण्डागर्दी गर्ने ५ जना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन १७ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौं, साउन १७ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बौद्ध र जोरपाटीबाट गुण्डागर्दी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं। ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन् ।

      उनीहरुले जोरपाटी बौद्धमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, तर्साउने गर्नुका साथै सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधि गर्दै आएको खुलेको कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

      पक्राउ परेका उनीहरुलाई गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध, काठमाडौंमा पठाइएको छ ।

        कमेन्टहरु