कोशी प्रदेश

    कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापासँगै तीन मन्त्रीले लिए सपथ

    नवलपुर टुडे
    २०८० साउन १७ | मध्यान्ह ०६:०४ बजे

      विराटनगर, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन् ।

      koshi mantri

      थापासँगै ३ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका हुन् । सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् । 

      प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

        कमेन्टहरु