लुम्बिनी प्रदेश

    रूकुमपूर्वमा ११ थान भरुवा बन्दुक बरामद

    नवलपुर टुडे
    २०८० साउन १७ | मध्यान्ह ०१:०४ बजे

      रूकुम (पूर्व) । भुमे गाउँपालिका-६ स्थित तामारीको जंगलको ओढारबाट ११ थान भरूवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

      विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरु फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु