देश

    कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले तीन मन्त्रीसहित आज शपथ लिँदै

    नवलपुर टुडे
    २०८० साउन १७ | बिहान ०८:०४ बजे

      विराटनगर, साउन १७ ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिँदै छन् ।थापाले आज बिहान १०ः३० बजे शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

      मुख्यमन्त्रीको कार्यालयबाट तीन मन्त्रीको पनि शपथ हुने जानकारी आएको र सोही अनुसार तयारी गरिएको श्रेष्ठले बताए । सभामुखबाट राजीनामा दिएका माओवादीका बाबुराम गौतम, कांग्रेसका प्रदीपकुमार सुनुवार र एकीकृत समाजवादीका कमल जबेगुले मन्त्रीमा शपथ लिने भएका छन् । 

      प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।

        कमेन्टहरु