देश

    हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो, आज झलनाथ–माधवलाई गाली गरेर नेकपा एमाले बिभाजनमा पुर्यायो

    नवलपुर टुडे
    २०७८ बैशाख २९ | मध्यान्ह १२:०१ बजे

      काठमाडौं । नेकपा एमालेका प्रभाबशाली नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजनको तयारी गरिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

      “हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।

      विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्ति प्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।” उनले सामाजिक संजालफेसबुकमा लेखेका छन ।

        कमेन्टहरु