काठमाडौँ न्यूरोडमा ८ तलाबाट हामफालेका व्यापारीको मृत्यु

नवलपुर टुडे
२०८० साउन १७ | बिहान ०६:०४ बजे

काठमाडौँ । काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।





