देश

    संघीय शिक्षा ऐन संसदमा पेस गर्ने सरकारको निर्णय

    नवलपुर टुडे
    २०८० साउन १६ | मध्यान्ह ०७:०४ बजे

      काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

      विधेयक समितिबाट आएको उक्त ऐन संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । त्यस्तै सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त २० करोड २२ लाख अनुदान स्वीकृति गर्ने निर्णय गरेको छ। 

      मन्त्री शर्माका अनुसार बैठकमा समसमायिक विषयबस्तुमा पनि छलफल भएको थियो । सरकारले लम्की स्किनका पीडित किसानलाई राहत दिनेबारे छलफल भएको उनले बता ए। त्यसका लागि कृषि मन्त्रालयले तयारी गरिरहेको र मन्त्रालयबाट प्रस्ताव आइसकेपछि राहत वितरणलगायत विषयमा निर्णय गरिने उनले बताए। 

        कमेन्टहरु