प्रधानन्यायाधीशको नाम सिफारिस नगरी सकियो संवैधानिक परिषद् बैठक

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०६:०४ बजे

काठमाडौँ, साउन १६ । प्रधानन्यायाधीशको नाम सिफारिस नगरीकन संवैधानिक परिषद्को बैठक सकिएको छ । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक प्रधानन्यायाधीशको नाम सिफारिस नगरीकन नै सकिएको हो ।
बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने नामको विषयमा प्रवेश नै नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।
‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो । हामीले छलफल गर्यौं । थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने ।





