कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०५:०४ बजे

विराटनगर, साउन १६ । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) बिहान १०ः३० बजे हुने बताइएको छ ।
उनलाई नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थन रहेको थियो ।






