चितवनको गाईघाटमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते


चितवन, साउन १६ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका –२९ गाईघाटमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६४२ नं. को ट्रक र बिपरित दिशाबाट जाँदै गरेको लु २८ प ६२७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक सरोज दर्लामीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव भरतपुर अस्पतालमा रहेको छ ।
त्यसैगरी मोटरसाइकलमा सवार पाल्पा घर बताउने ३४ वर्षीय चेतन आले गम्भीर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
दुबै सवारीसाधनसहित ट्रक चालक पर्सा सकुवा गाउँपालिका –१ बस्ने वर्ष ४० वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।





