देश

    कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

    नवलपुर टुडे
    २०८० साउन १६ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं, साउन १६ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।

      सभामुख हुँदा मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो ।

      सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन् ।

      काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र) को संसदीय दलको सदस्य भएका छन् ।

        कमेन्टहरु