भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ, साउन १६ । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्दछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।
ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।





