समाचार

    नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

    नवलपुर टुडे
    २०८० साउन १६ | बिहान ०८:०४ बजे

      भरतपुर, साउन १६ । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना बालक बेपत्ता भएका छन् ।

      सोमबार दिउँसो भरतपुर महानगरपालिका-१ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न गएका भरतपुर-२ का १३ बर्षिय अमन ठकुरी बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

      ठकुरी साथिहरुसँग पौडी खेल्न नारायणीमा गएका थिए । नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु