नवलपरासीमा मृत अबस्थामा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८० साउन १५ | मध्यान्ह ०८:०४ बजे

नवलपरासी, साउन १५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका- १ बासास्थित एक पुरुषको शव मृत अबस्थामा फेला परेको छ । आईतवार साझ अन्दाजी ४ बजे बासास्थित पुर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको नालिको पानीमा मृत अबस्थामा शव फेला परेको हुन् । मृत शवको पहिचान खुलेको छैन ।
शवको वर्ण कालो, उचाई अन्दाजी ५.७ ईन्च, कपाल छोटो, कपडा खैरो फुल सर्ट, खैरो रंङको पाईन्ट लगाएको अन्दाजी बर्ष ४०/४५ को पुरुषको शव घोप्टो परी मृत अवस्थामा फेला परेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
शव फेला परेको खबर प्राप्त हुना साथ तत्काल ईप्रका बर्दघाटबाट प्र.नि. बीरेन्द्र केसीको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि गई घटनास्थल तथा प्रारम्भिक कार्य पुरा गरी शव पोष्ट्मार्टमको लागी जिल्ला अस्पताल परासी ल्याएको पाण्डेयले बताए ।
शवको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ ।





